डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो

डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो

765

काठमाडौँ, १७ भदौ । नेपालमा डेंगु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेंगु सङ्क्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेंगु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु सङ्क्रमण दैनिकरूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर