६ जना जुवाडे पक्राउ

६ जना जुवाडे पक्राउ

797

दाङ, १५ भदौ । दाङबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर–१४ बाट स्थानीय जगत चौधरीको टिनको छाप्रोमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३३ वर्षीय बिबेक चौधरी सहित ६ जना छन् । शुक्रबार बिहान वडा प्रहरी कार्यालय घोराहीबाट गस्तीमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको छ । जुवा खालबाट प्रहरीले ४७ हजार ३ सय नगद र तास बरामद गरेको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर