१७ वर्षीया किशोरी बलात्कृत

१७ वर्षीया किशोरी बलात्कृत

807

काठमाडौँ, १२ भदौ । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँको नरेफाट बस्ने ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई सोमबार साँझ पक्राउ गरेको हो ।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर