दाङ, १२ भदौ । दाङमा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रुकुमपश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोेराही उपमहानगरपालिका–१६ लेटार बस्ने ४२ बर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।
घोराही १६ लेटारमा लुकिछिपि बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०५७ साल साउन ६ गते ८ वर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरि सोमबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बुझाएको प्रहरीले जनाएको छ ।
तपाईको बिचार