आजको मौसम

आजको मौसम

747

काठमाडौँ, १२ भदौ ।  हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर