काठमाडौँ, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन एवं सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीति महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रूपमा यो अभियानलाई सुरु गरिएको हो ।’
हरियाली प्राकृतिक कृषि अभियान चलाउने अभियान सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिरुवामा जल सिंचित गरेर उद्घाटन गरेका थिए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।
तपाईको बिचार