प्रचण्ड पहिचानवादी हैनन्, राष्ट्रघाती र अपराधिको संरक्षणकमात्र हुन्: नेता बस्नेत

प्रचण्ड पहिचानवादी हैनन्, राष्ट्रघाती र अपराधिको संरक्षणकमात्र हुन्: नेता बस्नेत

748

मोरङ, ९ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारको संरक्षणमा सामाजिक सद्भाव भड्काउने र भौतिक आक्रमण गर्नेको विरुद्धमा राष्ट्रिय युवा संघ नेपालले हातमा दही जमाएर नबस्नेत चेतावनी दिनुभएको छ ।

राष्ट्रिय युवा संघ मोरङको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इसारामा कोशी प्रदेशमा जातीय, धार्मिक तथा सामाजिक सद्भाव भड्कीदै गएको दावी गर्नुभयो । संघका अध्यक्ष क्षितिज थेवेमाथि कथित पहिचानवादीको नाममा गरिएको आक्रमणको कडा शब्दमा आपत्ती जनाउँदै नेता बस्नेतले सरकारले उक्त अराजक तत्वलाई कानुनी कारवाही नगरे संघले कारवाही गर्ने चेतावनी दिनुभयो । कानुनलाई हातमा लिएर नभई साथमा लिएर कारवाही गर्ने स्पष्ट पार्दै उहाँले माओवादीले कथित जनयुद्धको नाममा जातीय नारा दिएर सद्भाव भड्काएको स्मरण गर्नुभयो । माओवादीको सामाजिक फाँसीवादको विरुद्ध एमालेले लडेको स्मरण गराउँदै उहाँले अहिले पनि पहिचानको मुद्धाको नेतृत्व गरेर प्रचण्डलगायतका केही नेताहरुले सामाजिक सद्भाव भड्काउन थालेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी तथा केही अराजक पहिचनावादी गरी जमजम्मी १५ जना हाराहारीले संघका अध्यक्ष क्षितिज थेबेमाथि आक्रमणको प्रयास गरेका छन् । हामीले उक्त व्यक्तिहरु पहिचान गरी सकेका छौं । कानुनी उपचार खोज्छौं । आफै समाएर प्रहरीलाई बुझाउँछौं । यती त्यसो गर्दा पनि प्रहरी प्रशासनले कानमा तेल हालेर बस्यो भयो राष्ट्रिय युवा संघ हातमा दही जमाएर बस्दैन । धरानमा जातीय, धार्मिक युद्ध गराउन खोज्ने मेयर हर्क साम्पाङका कारण निशेधाज्ञा लागु गर्नुपर्ने अवस्था आएको छ । धरानवासीले अज्ञानताका बाबजुत साम्पाङलाई जिताएका कारण सामाजिक सद्भाव भड्कीएको छ, अराजकता प्रस्तुत भइरहेको छ । बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषी भएको नेपालमा एकले अर्काबीच लड्ने अवस्था हुनु दुर्भाग्य हो । हर्क साम्पाङले नेतृत्व गरेको इसाई तथा भिम उपाध्याय, आङकाजी शेर्पा जस्ता कथित हिन्दुवादीहरु दुवै बेठिक हुन ।’

एमाले जातीय, धार्मिक, सांस्कृतिक एकताको पक्षमा रहेको उल्लेख गर्दै उहाँले केपी ओलीको नेतृत्वमा एमाले जातीयतावादको विरुद्धमा अडिक रहेको दोहोर्याउनुभयो । प्रचण्डका कारण देशमा सामाजिक सद्भाव भड्किन थालेको भन्दै उहाँले प्रचण्ड पहिचानवादी भन्दा पनि राष्ट्रघाती र अपराधिको संरक्षणमात्र भएको बताउनुभयो । एमाले सवै जाती तथा धार्मिकतालाई सवैलाई मिलाएर बस्ने एमालेको विशेषता भएको बताउनुभयो । एमाले पहिचानवादी विरोधी नभई पहिचानको पक्षको नेतृत्व गर्ने पार्टी भएको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमालेले जनजातीलाई राज्यका विशिष्ठ स्थानमा पुर्याएर देशमा विकास र समृद्धिको नेतृत्व गरेको उदाहरणहरु विस्तृतमा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली, योगेश भट्टराई, क्षितिज थेवे लगायतका नेताहरुमाथि गरिएको आक्रमणको प्रयासलाई युवा संघले एक एक हिसाव राखेको छ । एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गर्यो तर प्रचण्डले रामचन्द्र पौडेललाई समर्थन गरे । टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई आम माफी दिए । त्यसैले प्रचण्ड पहिचानवादी हैनन्, राष्ट्रघाती र अपराधिको संरक्षणकमात्र हुन् । धार्मिक, जातीय तथा क्षेत्रीयवादीहरुलाई एमालेले हाक्ष्यु आए, हाक्ष्यु आए, झुसे वारुलो बनाइदियो । यस्ता व्यक्तिहरुलाई राज्यले कारवाही गरोस्, होइन भने राष्ट्रिय युवा संघ नेपालले कानुनलाई हातमा लिएर हैन, साथमा लिएर कारवाही गर्छ । त्यो समय अराजकवादीहरुको लागि ठूलो दुर्भाग्य हुनेछ । एक मधेस एक प्रदेशको नारा लगाएका थिए । उपेन्द्र यादवको योजनामा एमालेलाई मधेषमा प्रवेश निषेध गरिएको थियो । तर उक्त योजनाको विरुद्ध अहिले सारा जनता एमालेको पक्षमा रहेकाले पहिलो पार्टी बन्न सफल भएको छ ।’

तपाईको बिचार