काठमाडौँ, ७ भदौ । इटाली पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कालिकोटको तिलागुफा नगरपालिका घर भएर कीर्तिपुर बस्ने विष्णुऋषि पाण्डेलाई पक्राउ गरेको हो । ५२ वर्षीय पाण्डेले वैदेशिक रोजगारीका लागी इटाली पठाउँछु भनेर तिर्थबहादुर थापासँग ४ लाख ५० हजार ठगेको आरोप छ ।
इटाली जान ८ लाख लाग्ने र मासिक १ लाख कमाई हुन्छ भन्ने आश्वासन देखाएर पाण्डेले ठगी गरेका हुन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
तपाईको बिचार