हट एयर बलुन पुनः सुरु हुँदै

हट एयर बलुन पुनः सुरु हुँदै

811

पोखरा, ५ भदौ । पोखराको हट एयर बलुन आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालनमा आउने भएको छ । मनसुनका कारण करिब तीन महिना रोकिएको थियो ।

हट एयर बलुन साहसिक पर्यटकीय खेल हो । करिब ६ हजार फिट माथिसम्म बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू देख्न सकिन्छ । पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङकोट मान्द्रेढुंगा तथा पोखरा उपत्यका आसपासको  सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

विगतमा एक मात्रै बेलुन उडाइरहेको यस कम्पनीले अब भने दुईवटा उडाउने भएको छ । बिहान र बेलुका गरी दुई सिफ्टमा बलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म उडान हुने छ ।

कम्पनीका अनुसार तीन वर्ष उमेर कटेका नागरिकले हट एयर बलुनमा उड्न सक्नेछन् ।

तपाईको बिचार

सम्बन्धित खबर