काठमाडौँ, ३ भदौ । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-१२ सी गाउँ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो । आफ्नै घरको शौचालयमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी धनगढी उपमहानगरपालिका-१४ डी गाउँ बस्ने पुष्पराज उपाध्यायको छोरा ७ वर्षीय बेद प्रसाद उपाध्यायको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छोइन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ पिलुवा बस्ने ३० वर्षीया रेनु तिमिल्सिनाको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ । आफ्नै घरको फलामको ढोका लगाउने क्रममा ढोकामाथि रहेको बिजुलीको तार च्यापिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको बयोध्या अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको बिचार