काठमाडौँ, ३१ साउन । डेंगु संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । जुनयता मात्रै डेंगुका कारण १२ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिकाका नागरिक छन् । उपमहानगरको तथ्यांकअनुसार जेठयता साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौँ उपत्यका पनि रेड जोनमा परेको छ । संक्रमित धेरै भएका १० जिल्लामा सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौँ, ललितपुर, संखुवासभा र दार्चुला छन् । यी जिल्लामा १२ हजार ३२७ संक्रमित छन्, जमसध्ये उपत्यकाका तीन जिल्लाका ३९५ जना छन् ।
अगस्टका १६ दिनमा मात्रै पाँच हजार ९५४ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।
तपाईको बिचार