तत्काल राहत र उद्धारमा जुट्न एमाले गण्डकीको आग्रह

तत्काल राहत र उद्धारमा जुट्न एमाले गण्डकीको आग्रह

756

पोखरा, २९ साउन । केहि दिनदेखि लगातार परेको वर्षाको कारण गण्डकी प्रदेश लगायत देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र उदारका काम खटिन आफ्नो पार्टीको विभिन्न तहका कमिटी र जनवर्गीय संगठन र सरोकारवाला सरकारी निकायहरूलाई अपिल गरेको छ ।

सोमवार प्रदेश कमिटीको तर्फबाट एक अपिल जारी गर्दै सो पार्टीले भारी वर्षा पश्चात् आएको बाढीले गर्दा मुस्ताङ्गको कागवेनी क्षेत्रका दर्जनौं घरहरु क्षतिग्रस्त भएका छन् भने करोडौंको भौतिक सम्पत्ति समेत नष्ट भएको छ । वाढी तथा पहिरोले होटल, बैंक, नीजि घरहरु भत्काउनुका साथै कयौं सवारी साधनहरु बगाएको छ भने लोमान्थाङ्ग जाने कंक्रिट पुल पूर्णरुपले क्षतिग्रस्त हुन पुगेको छ । त्यसैगरी वेनी जोमसोम सडक खण्ड पूर्ण रुपले अबरुद्ध हुन पुगेको छ, भने म्याग्दीको वैसरी तथा वेनी दर्वाङ्ग खण्डको फापरखेतमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको छ । गोरखामा मदन–आश्रित स्मृति प्रतिष्ठानको भवन रहेको स्थानको माथिल्लो माग पूर्णरुपमा क्षतिग्रस्त हुन पुगेको छ । लमजुङ्गमा मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा गएको पहिरोका कारण आवगमन प्रभावित भएको छ । वेसीशहरबाट मनाङ जाने सडक खरखरे पहिरोका कारण जोखिममा परेको छ ।

जानकारीमा आएको भन्दै विज्ञप्तीमा उद्दारका कुनै कसुर बाँकी नराख्न आग्रह गरेको छ । सो पार्टीका उपसचिव तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यद्वारा हस्ताक्षरित अपिलमा गण्डकी प्रदेश र देशभर बाढी पहिरोले पु¥याएको क्षतिप्रति एमाले गण्डकी प्रदेश कमिटी दुःख व्यक्त गरिएको छ । यस विपतको घडीमा राहत तथा उद्धारमा जुट्न स्थानिय सरकार, स्थानिय प्रशासन, नागरिक समाज, पार्टी पंक्ति र आम जनसमुदाय सक्षम अपि समेत गरेको छ ।

बाढी पहिरोका कारण क्षति ग्रस्त भएका सबै स्थानहरुको विवरण शिघ्र संकलन गर्न तथा क्षति पुगेका स्थानहरुमा राहतको घोषणा गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकार समक्ष एमाले गण्डकी प्रदेशले माग समेत गरेको छ ।

तपाईको बिचार