आफैँले बाेकेकाे बन्दुक पड्किएर एक जनाकाे मृत्यु

आफैँले बाेकेकाे बन्दुक पड्किएर एक जनाकाे मृत्यु

761

अर्घाखाँची, २६ साउन । आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किएर अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–७ मा एक जनाकाे मृत्यु भएको छ ।

बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बाेकेकाे बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको मृत्यु भएकाे प्रहरीले जनाएको छ । आज बिहान सवा ११ बजेतिर आफैँले बाेकेकाे बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।

भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर