१८ वर्षीया किशोरी बलात्कृत

१८ वर्षीया किशोरी बलात्कृत

737

बाँके, २५ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सुर्खेत सिम्ता गाउँपालिका-३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर