कञ्चनपुरमा अति भारी वर्षा, सतर्क रहन आग्रह

कञ्चनपुरमा अति भारी वर्षा, सतर्क रहन आग्रह

755

काठमाडौँ, २५ साउन । कञ्चनपुरको शान्तिपुर, बेलौरी आसपासको क्षेत्रमा अति भारी वर्षा भएको छ ।

उक्त क्षेत्र भएर बहने सुहेली, चौधर खोलालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने सम्भावना रहेको छ ।

तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा बिहानसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर