एमाले गण्डकीको योजना: 'भवनदेखि पार्टी निर्माणसम्म'

एमाले गण्डकीको योजना: ‘भवनदेखि पार्टी निर्माणसम्म’

2510

पोखरा, २४ साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आफ्ना विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।

बुधबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि एमालेको साउन २२ गते सम्पन्न चौधौं पूर्ण बैठक तथा प्रचार सहित विभिन्न विभागद्वारा निर्मित कार्ययोजना उक्त कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । कार्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्ने, गण्डकी प्रदेश कार्यालय संचालनका लागि भवन निर्माण गर्ने, पार्टी सदस्यताको प्रमाणीकरण श्रावण महिना भित्र गर्ने, जिल्ला र पालिकाका योजना निर्माण गर्ने, वडा कमिटी निर्माण र बैठक भाद्रभित्र गर्ने, सबै जिल्लामा विभागको पूर्णता दिने र वार्षिक कार्ययोजना निर्माण गर्ने रहेका छन् ।

त्यसै गरि प्रदेशभरिको प्रचार कार्यलाइ ब्यवस्थित बनाउन जिल्लाका प्रचार भेला र क्षमता अभिमुखिकरण गर्ने, प्रदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिवेशन गर्न बाकी सबै जन संगठनहरूका अधिवेशन सम्पन्न गरि उनीहरूको वार्षिक कार्यतालिका निर्माण गर्ने, सामुदायिक सरोकारजन्य विषयको नेतृत्व गर्ने, प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तहसम्म बिस्तार गर्ने योजना रहेको सचिव एबम प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए ।

कार्यक्रममा गण्डकी इन्चार्ज तथा सचिव गोकर्ण बिष्टले पार्टीका कामलाइ थप ब्यबस्थित गर्दै एमालेलाई ब्राण्डिन्ङ गर्ने योजना रहेको उल्लेख गरे । उनले देशमा अराजकताको अन्त्य गर्ने सामर्थ्य एमाले संग मात्रै भएको, विकास र समृद्धिका स्पष्ट खाका समेत आफुहरूसँग मात्रै भएको जिकिर गर्दै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता उचो बनाउनेतर्फ केन्द्रीकृत हुन सक्षम नेता कार्यकर्ता र थप बलियो पार्टी संगठन नै भएको उल्लेख गरे । सचिव बिष्टले एमालेलाई जनताको बिचमा लोकप्रीयताले उचाई दिन सत्तामा हुँदा होस् या नहुदा सधैं जनताकै साथमा रहने बताए ।

स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बर्बादी तर्फ जान नदिन एमाले थप मजबुत राष्ट्रिय जनसाथका साथ युद्द्को अग्रमोर्चामा हुनैपर्ने उल्लेख गरे । अधिकारीले एमालेलाई अझै प्रभाबकारी भुमिका खेल्न सक्ने एकल बहुमत सहितको पार्टीको रूपमा स्थापित गर्न अब सबै शक्ति केन्द्रित गर्नुको बिकल्प नभएको उल्लेख गरे । कार्यक्रममा एमालेका केन्द्रीय तथा गण्डकी प्रदेश कमिटीका पदाधिकारीहरूको उपस्थित रहेको प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

तपाईको बिचार