म्याजिक भ्यान र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याजिक भ्यान र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

767

सर्लाही, २१ साउन । जिल्लाको बरहथवा नगरपालिका-९ सोल्टीमोडस्थित सडकमा ना. १ ज २८४९ नम्बरको म्याजिक र ना.२० प ५१७९ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने ३७ वर्षीय सुमन सहनीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर