धरानमा डेंगु सङ्क्रमण झनै तीव्र

धरानमा डेंगु सङ्क्रमण झनै तीव्र

759

सुनसरी, २१ साउन । जिल्लाको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण झनै तीव्र गतिमा फैलिइरहेको छ ।

हालसम्म धरानमा ५ हजार ७२ जनाको डेंगु परीक्षण गरिएको छ । जसमध्ये ६२ प्रतिशत अर्थात् ३ हजार १२८ जनामा डेंगु देखिएको छ भने ३८ प्रतिशत अर्थात् १ हजार ९४४ जनामा डेंगुको सङ्क्रमण नभेटिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जानकारी दिए ।

उनीहरूमध्ये कतिपयको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य बिरामीको घरमै उपचार भइरहेको छ । धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर