काठमाडौँ । मन्त्रीसहितको सरकारी टोलीले आज तीन दलका पार्टी कार्यालयको अनुगमन गर्ने भएको छ ।
सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले आज जनमत पार्टी, राप्रपा र रास्वपाको केन्द्रीय कार्यालयको अनुगमन गर्ने भएको हो ।
सरकारी टोलीले मंगलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेको थियो । सो क्रममा उनीहरुले गत भदौ २४ मा आगजनी गरिएका कार्यालयको अनुगमन र जानकारी लिएका थिए । आन्दोलन भएको तीन महिना भन्दा बढी समयपछि सरकारले औपचारिक रुपमा पहिलो पटक आगजनी भएका दलका कार्यालयको अनुगमन गरेको हो ।
तपाईको बिचार