काठमाडौं, २२ असोज। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय शक्ति निर्माणको आवश्यकता अहिले झन् बढेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति दिँदै उनले देशसामु नयाँ चुनौतीहरू थपिएका भए पनि त्यसको सामना गर्नैपर्ने बताएका छन्।
पोखरेलले आफ्नो फेसबुकमा लेखेका छन्, “निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन।”
उनको वक्तव्य हालको राजनीतिक परिस्थितिसँग जोडिएको रूपमा व्याख्या गरिएको छ। उनले देश र पार्टी दुवैलाई सबल बनाउन राष्ट्रिय एकता र जिम्मेवार राजनीतिक दृष्टिकोणको आवश्यकता रहेको सन्देश दिएका छन्।
उनको पोस्टलाई सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया मिलिरहेको छ। केहीले यसलाई राष्ट्रिय एकताको आह्वानका रूपमा स्वागत गरेका छन् भने केहीले हालको अस्थिर राजनीतिक अवस्थाप्रतिको संकेतका रूपमा लिएका छन्।
तपाईको बिचार