असमानता अन्त्य गर्दै संविधान कार्यान्वयन गरौं : सभापति देउवा

असमानता अन्त्य गर्दै संविधान कार्यान्वयन गरौं : सभापति देउवा

797

काठमाडौँ, असोज ३ । संविधान दिवस २०८२ को अवसरमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले असमानता अन्त्य गर्दै संविधान कार्यान्वयनमा सबै नेपाली एकजुट हुनुपर्ने आह्वान गरेका छन्।

शुक्रबार जारी शुभकामना सन्देशमा देउवाले २०७२ मा जारी भएको संविधान नेपाली जनताको दीर्घ संघर्ष र बलिदानीको परिणाम भएको उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपालीको साझा दायित्व रहेको बताएका छन्।

उनले संविधानले समावेशी लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वजस्ता ऐतिहासिक उपलब्धिहरू सुनिश्चित गरेको स्मरण गर्दै यिनै आधारमा समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताए।

देउवाले भने, “असमानता, अन्याय र शोषणविरुद्धको संघर्षबाट आएको संविधानलाई पूर्ण कार्यान्वयन गर्दै मात्र राष्ट्रिय एकता र समावेशीता बलियो हुन्छ। यही बाटो समृद्ध नेपाल निर्माणको आधार हो।”

नेपाली कांग्रेसले संविधान दिवसलाई लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय एकताको प्रतीकका रूपमा मनाउन सबैलाई आग्रह गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर