काठमाडौं, ६ भदौ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । बिहीबार भने सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।
तपाईको बिचार