भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

557
Cropped shot of a female nurse hold her senior patient’s hand. Giving Support. Doctor helping old patient with Alzheimer’s disease. Female carer holding hands of senior man

चितवन, ५ भदौंः यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् ।

गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरुले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु चार करोड छ लाख ९५ हजार १० बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
एकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असाहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरुले सो वर्षमा तीन हजार ४९ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो । उनीहरुले रु तीन करोड ३३ लाख ७६ हजार ३५८ बराबरको सेवा लिएको ढकालले बताउनुभयो ।

त्यसैगरी अस्पतालको गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार सेवाबाट दुई हजार २३४ जना लाभान्वित भएको उहाँले बताउनुभयो । आकस्मिक सेवामा गरिएको उपचारमा रु ७३ लाख ८१ हजार ६५२ खर्च भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले यस एकाइबाट मन्त्रालयले विनियोजित गरेको बजेटभन्दा दोब्बर खर्च गरी लक्षित वर्गलाई सहयोग गरिएको बताउनुभयो । सामाजिक सेवा एकाइबाहेक पनि धेरै बिरामीको निःशुल्क उपचार गरिएको जनाउँदै डा पौडेलले निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा आउने गरेको बताउनुभयो ।

लक्षित समूहसँगै अन्य बिरामीको समस्या र अवस्थाअनुसार निःशुल्क वा आंशिक छुटमा सेवा दिने गरिएको उहाँले जानकारी दिनुभयो । देशका विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर