१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

631

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।

आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर