जनतामा भएको आस्था जोगाउन धार्मिक क्षेत्रको संरक्षण जरुरी छ : उपप्रधानमन्त्री सिंह

जनतामा भएको आस्था जोगाउन धार्मिक क्षेत्रको संरक्षण जरुरी छ : उपप्रधानमन्त्री सिंह

651

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतामा भएको आस्था जोगाउन धार्मिक क्षेत्रहरुको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कलममसीमा १३औं नागपञ्चमी मेला तथा २७ फिट लामो कालिनागको विशेष रुद्री पूजा कार्यक्रममा उपप्रधानमन्त्री सिंहले धार्मिक क्षेत्रको संरक्षणमा जोड दिनुभएको हो ।

चाँगुनारायण नगरपालिका ८ मा पर्ने कलममसीमा ७ फिट लामो कालिनागको मन्दिर छ । सोही स्थानमा श्री कलममसी कल्पेश्वर महादेव तथा कालिका देवी संरक्षण समाजले १०८ फिट उचाईको महादेवको मन्दिर बनाउँदैछ । उपप्रधानमन्त्री सिंहले समय लागेपनि सो मन्दिर छिटै निर्माण हुने विश्वास व्यक्त गर्दै त्यसका लागि आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।
नागपूजाको पावन अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सके कालोमसी क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्ने बताउनुभयो । त्यस्तै, उपप्रधानमन्त्री सिंहले अहिले विभिन्न स्थानमा खडेरी परेको भन्दै त्यसबाट बचाउन वातावरण जोगाउनेतर्फ सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मन्दिर निर्माणका लागि सहयोग गरेको भन्दै उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिनुभयो । विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर देखि कल्पेश्वर क्षेत्रसम्म धार्मिक हिसावले महत्वपूर्ण स्थल रहेको भन्दै यसलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्नेगरि आफूले काम गरिररहेको बताउनुभयो ।

कार्यक्रममा भत्तपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका ढकाललगायत सहभागि हुनुहुन्थ्यो ।

तपाईको बिचार