बेगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध

बेगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध

595

बेगलुरु, १० साउन । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बेंगलुरुको चिन्नास्वामी स्टेडियममा अब कुनै खेलहरू खेलिने छैनन्।

बेंगलुरु भागदौड घटना छानबिन आयोगले यस स्टेडियममा ठूला कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।

यो निर्णयसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो झट्का लागेको छ। तर, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।

यससँगै कर्नाटक सरकारले अब बेंगलुरु भागदौड मामिलामा आरसीबीमाथि मुद्दा चलाउन अनुमति दिएको छ।

सरकारको यो निर्णय छानबिन आयोगको प्रतिवेदनमा आएको हो, जसमा आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) लाई घटनाका लागि दोषी ठहर गरिएको थियो। आरसीबीसँगै केएससीए विरुद्ध मुद्दा चलाउन पनि स्वीकृति दिइएको छ।

तपाईको बिचार

सम्बन्धित खबर