११ महिनायताकै उच्च विन्दुमा सेयर बजार, तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

११ महिनायताकै उच्च विन्दुमा सेयर बजार, तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

601

काठमाडौं, ५ साउन।  सेयर बजार ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा सोमबार  २१.७६ अंक बढेको छ । सो वृद्धिपछि २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । आज १६ अर्ब ३२ करोडको भयो ।

बजारको आकार (सबै सूचीकृत सेयरको बजार मूल्य)मा भने नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम (आकार) ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि गत १८ फागुनमा ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन् ।

तपाईको बिचार