काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको छ । बैठक भरखरै सकिएको छ।
शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बोर्ड बैठक बस्न बसेको थियो ।आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णयछलफल गरेको थियो । छलफल पछि परीक्षा यथावत संञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ रहेको छ। तर मंगबार बसेको परीक्षा बोर्डको बैठकले परीक्षा यथावत मिति र समयमा हुने निर्णय गरेपछि शिक्षक आन्दोलनमा अर्को धक्का लागेको छ।
उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने अनुमान गरिएको थियो । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू रहेका र्थिए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।
‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै परीक्षा होस भन्ने आएको छ । सबै जिल्लाका परीक्षा समन्वय समितिलाई जहाँजहाँ केन्द्र तोकिएको छ । त्यहाँ परीक्षा सञ्चालन गर्ने सन्दर्भमा आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय भएको छ’ उनले भने । योसँगै परीक्षा वैशाख ११ मा सुरु भई २४ गते सकिनेछ
तपाईको बिचार