आजदेखि कोसी सरकारविरुद्धको रिटमा सर्वोच्चमा बहस

आजदेखि कोसी सरकारविरुद्धको रिटमा सर्वोच्चमा बहस

691

काठमाडौँ, ७ साउन । कोसी सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा बहस हुँदै छ । गठबन्धन दलले असंवैधानिक तवरले प्रदेश सरकार गठन गरेको भन्दै नेकपा (एमाले) सर्वोच्चमा रिट हालेका थिए ।

एमाले कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

सर्वोच्चमा आज दुवै पक्षका वकिलले आ–आफ्नो तर्फबाट बहस गर्नेछन् ।

तपाईको बिचार

सम्बन्धित खबर