अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जाेड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जाेड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

675

माेरङ: उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जाेड दिनुपर्ने बताउनुभएकाे छ ।

बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले लाेहन्द्र पुल उद्घाटन गर्दै यस्ताे बताउनुभएकाे हाे । जहदा र कटहरी जाेड्ने पुलकाे उहाँले आजै उद्घाटन गर्नुभयाे ।

साे स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएकाे छ । `मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु´, पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयाे ।

उहाँले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसकाे संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिककाे जीवन र जिविकाेपार्जन सहज बनाउन अघि बढिरहेकाे पनि बताउनुभयाे ।

तपाईको बिचार

सम्बन्धित खबर