जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

873

प्युठान, ६ साउन । प्युठानमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । थापाले ती महिलालाई ऐरावती गाउँपालिका-२ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर