राजावादीहरुको आन्दोलन हिस्रक, निजीघरहरु तोडफोड , विभिन्न ठाँउमा कफर्यु आदेश

राजावादीहरुको आन्दोलन हिस्रक, निजीघरहरु तोडफोड , विभिन्न ठाँउमा कफर्यु आदेश

657

काठमाडौं । राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ। तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो ।

स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन्।

राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको छ । काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन्। तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रुप लिएपछि अहिले ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका हुन्।

तीनकुलमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। स्थिती तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो ।

 

तपाईको बिचार