प्रहरी र राजावादीबीच झडप, अश्रुग्याँस र लाठी चार्ज

प्रहरी र राजावादीबीच झडप, अश्रुग्याँस र लाठी चार्ज

627

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएको छ राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको छ । केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।

तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो ।

प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ । कोटेश्वरबाट आएको ¥याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

 

तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई तीनकुनेमा मात्रै सीमित राख्न खोजेको छ ।
दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढेपछि तनाव सिर्जना भएको थियो । । जवाफमा आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।
बलप्रयोगपछि दुर्गा प्रसाईंको टोली पछाडि हटेको छ। । पहिलो घेरामा तनावको अवस्था सिर्जना भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कता अपनाइएको छ ।
दोस्रो घेरा शान्तिनगर गेटमा रहेको छ । त्यहाँ पनि प्रहरी तैनाथ छन् ।

तपाईको बिचार