काठमाडौ । नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त भएका छन् । सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्ति गरेको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा कार्यरत एआईजी थापालाई आईजीपीमा नियुक्ति गरेको हो ।
आईजीपी थापाले आज मंगलवारबाट करिब ८० हजार प्रहरीको कमान्ड सम्हाल्नेछन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरको अवकाससँगै नवनियुक्त आइजीपी थापाले कार्यभार सम्हाल्नेछन् । सरकारले थापालाई वरिष्ठताका आधारमा आईजीपी नियुक्त गरेको हो ।
सरकारले प्रहरी नियमावली २०७१ अनुसार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । आइजीपीको दौडमा थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ समेत रहेका थिए । थापाले करिब ६ महिना अर्थात् २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
तपाईको बिचार