जबरजस्ती बलात्कार काण्डमा १८ वर्षमुनिका सात किशोर पक्राउ

जबरजस्ती बलात्कार काण्डमा १८ वर्षमुनिका सात किशोर पक्राउ

723

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा जबरजस्ती करणीको आरोपमा सात जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १८ वर्षमुनिका ती किशोरहरूको पहिचान गोप्य राख्दै घटनाको अनुसन्धान अघि बढाएको छ ।

 

प्रहरीका अनुसार, हेटौंडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिर नजिकैको जङ्गलमा जबरजस्ती करणीको घटना भएको बताईएको छ । पीडित युवतीले फागुन २१ गते प्रहरी कार्यालयमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

अनुसन्धानकै क्रममा फागुन २२ गते पाँच जना र फागुन २३ गते थप दुई जना पक्राउ परेका छन् । मकवानपुर जिल्ला अदालत हेटौंडाबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार