चण्डीगढ- काठमाडौं सिधा हवाई सेवा सुरु गर्न माग

चण्डीगढ- काठमाडौं सिधा हवाई सेवा सुरु गर्न माग

1050

कुलबीर सिंह
अमृतसर/फेब्रुअरी १८ । नेपाल शान्ति तथा ऐक्यबद्धता परिषद्को ११ सदस्यीय प्रतिनिधिमण्डलको अमृतसर भ्रमणको दोस्रो दिन, भारत र नेपालबीच पारस्परिक सहयोग बढाउने सम्भावनाहरूमा छलफल भयो।

यस अवसरमा ज्ञानी गुरदीप सिंह, बलदेव सिंह भेर्का अध्यक्ष, केवल सिंह, सुचा सिंह अजनाला, जसपाल शर्मा, अमरजीत सिंह सिद्धू, प्राध्यापक जगरूप सिंह सेखो र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका रविन्द्र अधिकारी, सांसद समिति सदस्य महोदया कल्पना शर्मा जोशी, टोप बहादुर बीसी मेयर गुराँसले चण्डीगढबाट काठमाडौँको सिधा उडान सुरु गर्न माग गरे।

उनले भने कि चण्डीगढ विमानस्थलले पञ्जाब, हरियाणा, हिमाचल र जम्मू कश्मीर राज्यहरूलाई नेपालको राजधानी काठमाडौँसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यो हवाई सम्पर्कले दुवै देशका जनता बीचको अन्तरक्रिया बढाउनेछ, जसले नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। उनले पञ्जाबको अमृतसर शहर धार्मिक दृष्टिकोणबाट धेरै महत्त्वपूर्ण रहेको र विश्वभरबाट ठूलो संख्यामा मानिसहरु आउने गर्छन् ।

तपाईको बिचार