दिल्लीका ती केजरीवाल, नेपालका यी ‘केजरीवाल’ 

दिल्लीका ती केजरीवाल, नेपालका यी ‘केजरीवाल’ 

994
काठमाडौं। दिल्ली बिधान सभाको निर्वाचनमा  लामो समय सत्तामा बसेको केजरीवालको आम आदमी पार्टी पछारिएपछि  त्यसको झड्का नेपालका ‘केजरीवाल’हरुलाई लागेको छ। नेपालमा बिना धरातल राजनीतिमा उदाएको रवि लामिछाने, हर्क साम्पाङ र बालेन शाहहरू  यस बेला दिल्लीको चुनावी परिणाम हेरेर झस्किएका छन् ।
बिशेष गरी केजरीवाल जस्तै नेपालको राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेता रवि लामिछाने यस बेला दिल्ली फर्केर हेर्न थालेका छन् ।  दिल्लीको चुनावी परिणामले खहरे र जरुवा पानीको फरक देखाइदिएको छ। यसभन्दा अघिल्लो निर्वाचनमा ७० सिटमा तीन सिट मात्र जितेको भारतीय जनता पार्टीले ४८ सिट जितेर सरकार बनाएको छ।
त्यसै गरी ६७ सिट जितेको केजरीवालको पार्टी नराम्ररी पछारिएको छ।   किन भने  भाजपा लामो इतिहास भएको पार्टी हो र केजरीवालको पार्टी ‘ कस्मेटिक’ पार्टी हो। त्यसैले यसको भविष्य उज्यालो थिएन । केही लोकप्रिय नारा र अनसनबाट दिल्लीमा जन्मेको पार्टी भारतीय राजनीतिबाट बिस्तारै अस्ताउँदै  जाने लक्षण देखा परेको छ।  त्यसैले नेपालमा पनि केजरीवाल जस्तै ‘ कस्मेटिक’ नारा दिएर अचानक राजनीतिमा उदाएका रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङले पाठ सिक्लान्?
नेपालका रवि लामिछाने  र केजरीवालको उदय उस्तै देखिन्छ। २०११ देखि २०१३ सम्म दिल्लीको सडकमा ‘भ्रष्टाचार विरुद्धको भारत’ आन्दोलनले नयाँ राजनीतिक परिदृश्य सिर्जना र्गयो । यस आन्दोलनबाट उदय भएको आम आदमी पार्टी आप ले राजनीतिमा हलचल मच्चायो र यसका नेता अरविन्द केजरीवालले आफ्नो साधारण कद र पहिरनलाई नै पहिचानको रूपमा प्रस्तुत गरे ।
केजरीवालको नेतृत्वमा आम आदमी पार्टीले सन२०१५ मा दिल्ली विधान सभा चुनावमा ७० मध्ये ६७ सिट जित्यो, जसले राजनीतिक वृत्तमा हलचल मच्चायो । यो सफलता भारतीय जनता पार्टीले २०१४ को लोकसभा चुनावमा ‘मोदी लहर’ अन्तर्गत जितेको केही महिनापछि मात्र आम आदमी पार्टीले प्राप्त गरेको थियो ।
आम आदमी पार्टीले टोल क्लिनिक, विश्व स्तरीय विद्यालय, निःशुल्क बिजुली र निःशुल्क पानीजस्ता योजनामार्फत बलियो भोट बैङ्क तयार र्गयो ।
यसपछि, २०२० को विधान सभा चुनावमा, पार्टीले फेरि ऐतिहासिक प्रदर्शन र्गयो र ६२ सिट जित्यो । त्यसको केही महिना अगाडि २०१९ को लोकसभा चुनावमा भाजपाले फेरि दिल्लीका सबै सात वटै लोकसभा सिट जित्यो ।
२०२४ को लोकसभा चुनावमा भाजपाले लगातार तेस्रो पटक दिल्लीका सबै सात सिट जित्यो ।
यस पटक पार्टीले गत चुनावको तुलनामा लगभग ४० सिट गुमाएको छ र २७ वर्षमा पहिलो पटक दिल्ली विधानसभामा भाजपाले पूर्ण बहुमत प्राप्त गरेको छ । जबकि कांग्रेसले लगातार तेस्रो पटक दिल्लीमा आफ्नो खाता खोल्न सकेन ।
अब प्रश्न उठ्छ– अरविन्द केजरीवालले के गल्ती गरे ? उनको राजनीतिक भविष्य के हुन सक्छ ? के यसपटक दिल्लीको मध्यम वर्ग भाजपाको पक्षमा उभियो ?
यस चुनावमा महिला र दलितहरूले कसलाई समर्थन गरे रु के भाजपाले मुख्यमन्त्री पदको लागि नयाँ अनुहार प्रस्तुत गर्न सक्छ रु अनि यी नतिजाले कांग्रेस र ‘इन्डिया गठबन्धन’ (विपक्षी)का लागि के अर्थ राख्छ ?
केजरीवालको ठुलो गल्ती के थियो ?
दिल्ली विधान सभा चुनावमा आम आदमी पार्टीले ठुलो हार बेहोर्नु मात्र परेन, पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पनि आफ्नो नयाँ दिल्ली विधान सभा सिट बचाउन सकेनन् ।
यस चुनावमा आम आदमी पार्टीले कुल २२ सिट जित्यो, जुन २०२० मा भएको विधान सभा चुनावभन्दा ४० सिट कम हो ।
एक समय थियो, जब केजरीवालको पार्टीले आफ्नो जितले सबै राजनीतिक दलहरूलाई चकित पारेको थियो तर अहिले त्यही पार्टीले यति नराम्रो हार सामना गर्नु परेको हो

तपाईको बिचार