काठमाडौं । मानव तस्करी तथा ठगीको आरोपमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जले पक्राउ गरेको हो । उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको प्रहरीले जनाएको छ ।
विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ । पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताए ।
तपाईको बिचार