काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर भित्र ‘एटीएम वाटर’राख्ने बिषयमा ढाँटेको खुलासा भएको छ। पूर्व मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा सुरु गरिएको एटीएम वाटरलाई आफुले गरेको भनि शाहले ढाँटेको खुलासा भएको छ। काठमाडौं महानगरमा १ रुपैँयाको सिक्का प्रयोग गरेर सुलभ र सफा पानी सबैलाई उपलब्ध गराउन वाटर एटीएमको ब्यबस्था गरिएको थियो। तर आफुले गरेको भनि शाहले गलत प्रचार गरेको भन्दै एमाले केन्द्रीय सदस्य महेश बस्नेतले त्यसको खण्डन गरेका छन् ।
बस्नेतले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– सुजन ढकालजी तपाईंले काठमाडौं महानगरमा बालेन साहले ‘एटीएम वाटर’ सञ्चालनमा ल्याएर रु एक मा पानी पिउने व्यवस्था गरेर भनेर भ्रमपूर्ण भिडियो बनाउनु भएछ । तपाईंले बनाएको भिडियोले भ्रम सिर्जना गर्ला भनेर यहाँ तथ्यसहित केही उल्लेख गरिएको छ । एटीएम वाटर सञ्चालनमा ल्याउन मेयर बालेनको शून्य प्रतिशत पनि भूमिका छैन ।
बस्नेतले अगाडि लेखेका छन् –२०७६ साल चैतमा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको थियो । त्यतिबेला तत्कालिन महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको थियो । त्यहि सम्झौता अनुसार २०७७ माघमा तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटीएमको उद्घाटन गर्नुभएको थियो । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।
पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटीएम सञ्ञ्चालनमा आएको भन्ने समाचारका लिङ्कहरु अहिले पनि खोज्यो भने भेटिन्छन् भन्ने लाग्छ । वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटर (एक कप( का लागि १ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो । यस्तो प्रमाणहरु पनि नखोजि भ्रम फैलाउनु हुन्न । अलिक तथ्यहरु खोज्न मेहनत गर्नु भन्ने सुझाव पनि छ ।
तपाईको बिचार