१५ लाख नगदसहित दुईजना पक्राउ

१५ लाख नगदसहित दुईजना पक्राउ

669

पर्वत । पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–१० घर भएका २२ वर्षीय ​ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका–३ घर भएकी २९ वर्षिया पूजा श्रेष्ठ रहेका छन् ।

गत माघ ११ गते राती करिब एक बजेको समयमा पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसको कार्यालय कक्षमा रहेको र्‍याकमा रहेको १४ लाख ७४ हजार चोरी भएको थियो। चोरीको विषयमा थाहा पाएको कास्की प्रहरीले वडा प्रहरी कार्यालय बैदाममा अनुसन्धानका लागि टोली खटाएको थियो।
अनुसन्धानका क्रममा ईश्वर पूजाले चोरी गरेको खुलेपछि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा माघ १३ गते उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिका नगरको एक होटेलबाट १२ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ र तीन थान मोबाइल सहित पक्राउ परेका हुन्।
उनीहरू दुवैमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

 

तपाईको बिचार