मन्त्रिपरिषद र एमाले संसदीय दलको बैठक बस्दै

मन्त्रिपरिषद र एमाले संसदीय दलको बैठक बस्दै

683

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो ।त्यो भन्दा अगाडि मन्त्रिपरिषद्को बैठक बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार ११ बजे बस्ने तय भएको बैठक नियमित भएको बताइएको छ।

यसैगरी आजै बस्ने एमाले संसदीय दलको बैठकमा बिभिन्न बिषयमा छलफल हुनेभएको छ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
संसद्को हिउँदे अधिवेशन माघ १८ बाट सुरु हुँदैछ।

तपाईको बिचार