काठमाडौ । आफूले खुलाएको फाउण्डेसनमा बसेर पढिरहेका बालिकाको अगाडी आफै नाङ्गिएर प्रस्तुत हुने मदन राई बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका छन् । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत खोटाङले १० माघमा उनलाई दोषी ठहर गरेको बताईएको छ ।
खोटाङ अदालतका सूचना अधिकारी सुदीप भट्टराईले न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २५ माघमा पेसी तोकिएको जानकारी दिए । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।
मदन राईले आफूले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिकाहरुलाई लामो समयदेखि यौन दुव्र्यवहादुर गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले राईलाई प्रकाउ गरि अनुसन्धान गरेर मुद्दा चलाएको थियो ।
तपाईको बिचार