काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पा र रूपन्देहीमा तय भएको उद्घाटन र शिलान्यास गर्नका लागि शुक्रबार जाने कार्यक्रम रद्ध भएको छ। उहाँको स्वस्थ्यका कारण यसरी रद्ध भएको बालुवाटार स्रोतले बतायो। यद्यपी तय गर्ने कार्यक्रम भने प्रधानमन्त्री निवास शीतल निवासबाटै भर्चुअल रुपमा हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो।
चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै आराम सल्लाह दिएपछि तय बुटवल जाने कार्यक्रम रद्ध गरिएको हो । कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन्। उनको स्वर भासिएको सचिवालयले जनाएको छ। चिसोले गर्दा यस्तो स्वर भासिएको स्रोतले बतायो।
सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो।
तपाईको बिचार