काठमाडौँ, ३० असार । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।
अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे चासो राखेकोमा रावलले आपत्ति पनि जनाएका छन् ।
रावलको प्रश्न छ, ‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठुला दलका नेतालाई भेट्नुपर्ने किन ?’ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठुला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’
सहायक विदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
तपाईको बिचार