काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि आज अपराह्न ४ बजे बैठक बोलाइएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
गौतमले समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकारले हिउँदे अधिवेशनको लागि राष्ट्रपतिलाई गरेको सिफारिसलाई पार्टीको तर्फबाट हुन सक्ने सहयोगका विषयमा छलफल हुने बताए ।
यस्तै आजको बैठकमा एमालेमा आउने तयारी गरीरहेका नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल हुने बताईएको छ ।
तपाईको बिचार