आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

561

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक लेखा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा महान्यायाधिवक्तको कार्यालयको कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरीमा छलफल हुने कार्यसूची छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक अपराह्न ३ बजे बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई बोलाइएको संसद सचिवालयले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर