विपक्षी मोर्चा बनाउने प्रचण्डको सपनामा उपेन्द्रको ‘तगारो’ 

विपक्षी मोर्चा बनाउने प्रचण्डको सपनामा उपेन्द्रको ‘तगारो’ 

603

काठमाडौं। समाजवादी मोर्चा बनाएर त्यसलाई समेत समेट्दै विपक्षीको मोर्चा बनाएर सरकारलाई थर्काउने माओवादी अध्यक्ष प्रचण्डको योजनामा उपेन्द्र यादवको छिर्केले भत्काई दिएको छ।  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रचण्डले आफ्नो पार्टी विभाजन गर्ने षडयन्त्र गरेको भन्दै आफूहरू प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा सहभागी नहुने घोषणा गरेका छन् ।
प्रचण्डले आफू सरकारबाट हटेपछि बेला बेलामा यस्तो मोर्चा बनाउने घोषणा गरेका छन् । उनले कुनै बेला माओवादी धारका पार्टीहरूको समेत मोर्चा बनाउने प्रयास गरेका थिए। तिनमा उनी असफल देखिएका थिए भने समाजवादी मोर्चा बनाउन समेत असफल हुने भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेपछि  यस्तो अवस्था  सृजना भएको हो  ।

बलिदान दिवसका अवसरमा शनिवार  लहानमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरूले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताए ।
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको दाबी गरे । मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ

तपाईको बिचार