समाजवादी प्रेस सङ्गठनका अध्यक्ष, महासचिवसहित पदाधिकारी तथा केन्द्रीय समिति प्रेस चातारीमा समाहित

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष, महासचिवसहित पदाधिकारी तथा केन्द्रीय समिति प्रेस चातारीमा समाहित

521

काठमाडाै । नेकपा एकीकृत समाजवादी पार्टी निकट प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी नेतृत्वकाे टिम नेकपा एमाले निकट प्रेस चाैतारी नेपालमा समाहित भएकाे छ ।

आज एक कार्यक्रमबीच नेकपा एमालेेका महासचिव शंकर पाेखरेलले संगठनमा स्वागत गरेका हुन् । समाजवादी प्रेस सङ्गठन छाेडेर संगठनका महासचिव रामकुमार एलन, सचिव नेपाेलियन चेपाङ, काेषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरु शिव सुवेदी, साैगात मिश्र,नरेन्द्र विष्ट,यज्ञ थापा लगायत प्रेस संगठनमा प्रवेश गरेका हुन् । यस्तै समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेशका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव  आशिष गुरागाईं पनि प्रेस चाैतारीमा समाहित भएका हुन् ।

यसका साथै देशैभर  संगठनकाे विभिन्न पदमा रहेका सदस्यहरु प्रेस चाैतारीमा प्रवेश गरेका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर