पक्राउ परेका डा. निकोलसलाई आज अदालत पेश गरिँदै

पक्राउ परेका डा. निकोलसलाई आज अदालत पेश गरिँदै

675

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) का सभापति रवि लामिछाने हिरातमा रहेका बेलाको फोटो सार्वजनिक गरेको अरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत लगिदैछ । यसअघि पुस ७ गते पक्राउ परेर छुटेका डा. भुसाल सोही मुद्दामा हिजो फेरी समातिएका हुन् । साइबर अपराधको कसुरमा हिजो पक्राउ परेका उनलाई आज जिल्ला अदालतमा पेस गरिने कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिएका छन् ।

पुस ८ गते अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि हिजो फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए ।

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की जिल्ला प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । भुसालले फेसबुक लाइभमा आएर त्यो फोटो आफूले खिचेको र फोटो सार्वजनिक गर्दा खराब नियत नराखेको अभिव्यक्ति दिएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका लामिछाने गत पुस २५ गते नै ६५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर