सहनशीलता मनोविज्ञान मात्रै होइन: सकारात्मक सिकाइ पनि हो

सहनशीलता मनोविज्ञान मात्रै होइन: सकारात्मक सिकाइ पनि हो

1056

सीता ओझा

सहनशीलता (Tolerance) भनेको व्यक्तिले कठिनाइ, असहजता, दुख, वा अप्रिय परिस्थितिहरू सहन गर्ने र त्यसमा अडिग रहने क्षमता हो। यस्तो परिस्थिति सृजना भएको बेला मानिस स्वयं नै विभिन्न  पक्षहरूसँग जोडिएको हुन्छ । यसरी जोडिएर  बन्ने या बनेको माबनेको अवस्थाको व्यवस्थापनमा भुमिका खेल्ने स्वस्फूर्त अवस्था नै सहनशीलताको अवस्था हो।

सहनशीलतासँग निम्म अवस्थाहरु जोडिएका हुनेगर्छन् ।

१. भावनात्मक सहनशीलता :  मानिसले सहनु पर्ने अवस्थाको सहनशीलताको भावनात्मक रुपको विकास उसमा हुने  पीडा, तनाव वा दुखलाई सहन गर्ने क्षमतासँग जोडिएर मानिसमा उत्पन्न हुने गर्दछ । यो स्वयंले भावनात्मक नियन्त्रण पैदा गर्दै आफ्ना भावनाहरूलाई नियन्त्रण गर्ने, व्यवस्थापन गर्ने र प्रतिकूल परिस्थितिमा पनि शान्त रहने क्षमतालाई साथै राखेको हुन्छ।

२. शारीरिक सहनशीलता : भित्र शारीरिक पीडा वा असुविधालाई सहन गर्ने शक्तिको हो भनेर बुझ्नुपर्ने हुन्छ । एथलीटहरूले तालिम वा प्रतियोगिताको समयमा शारीरिक कष्ट सहन गर्ने क्षमता देखाउँछन्। उनीहरूको शरीरले त्यो समयमा खेलको कारण सृजना भएका पिडाहरुको पनि स्वयं व्यवस्थापन हुँदै गएको हुन्छ । लामो समयसम्म काम गर्दा वा निद्रा कम पर्नु तर काम गरिरहनु / गरिरहन सक्ने कार्यक्षमता कायम राख्ने क्षमता  पनि सहनशीलता हो ।यस्तो प्रकृयाले शारीरिक सहनशीलतालाई बचाएर राखेको हुन्छ ।

३. सामाजिक तथा सांस्कृतिक सहनशीलता : पारिवारिक र सामाजिक विविधता/ विभिन्न संस्कृति, धर्म, विचारधारा, र जीवनशैलीप्रतिको खुलापन राख्ने सोच र त्यसलाई स्वीकार गर्ने क्षमताले पनि मानिसमा सहनशीलता बढाउँछ ।सामाजिक दबाब, सामाजिक अपेक्षा, प्रेसर वा असहमतिहरूलाई व्यवस्थापन गर्ने तौरतरिकाले पनि सहन गर्ने क्षमता वृद्धि गर्छ ।

४. मनोवैज्ञानिक सहनशीलता:  भित्र असफलता  पनि पर्दछ। असफलता वा निराशा सामना गर्दा पनि हार नमान्ने र पुनः प्रयास गर्ने क्षमताले मनोबैज्ञानिकरुपमा मानिसको मानसिकतालाई बलियो बनाउँछ। अनिश्चित वा अप्रत्याशित सृजनाहुने परिस्थितिमा पनि शान्त र धैर्यवान रहने मानिसको बानी हुन्छ । त्यो क्षमताको विकास हुनु भनेको प्रतिकुलताकोसँग जुद्दै अनुकूल परिस्थिति सृजना हुनु / गर्नु पनि मनोवैज्ञानिक सहनशीलता हो ।

सहनशीलतामा सामान्यतया प्रतिरोधी क्षमता (resilience), आत्म-नियन्त्रण, र भावनात्मक बुद्धिमता (emotional intelligence)सँग जोडिएको हुन्छ। यो क्षमता व्यक्तिको जीवनको विभिन्न अनुभवहरु जस्तै :  शिक्षा, सामाजिक समर्थन, र व्यक्तिगत विश्वासहरूबाट विकसित हुन्छ।

सहनशीलताले व्यक्तिको जीवनका चुनौतीहरूलाई सामना गर्न, सिक्न र बढ्न मद्दत गरिरहेको हुन्छ । यो जीवनको सिकाइहरु मध्येको महत्त्वपूर्ण सिकाइ र सकारात्मक पक्ष पनि हो ।सहनशीलताको मनोविज्ञान एक जटिल र बहुआयामिक विषय पनि हो। यो विषयले मानिसको मानसिक, भावनात्मक र सामाजिक पक्षको  कारक तत्वहरुलाई समेटेको हुन्छ।

सहनशीलताका मनोविज्ञानभित्र धेरै पक्षहरू जोडिएका हुन्छन् । ती मध्ये महत्त्वपूर्ण तत्वहरु निम्म रहेकाछन् ।

१. मनोवैज्ञानिक तत्वहरू मध्ये आत्म-नियन्त्रण सहनशीलताको धेरै अंश जोडिएको पक्ष हो । यो  मानिसको भावना र प्रतिक्रियाहरूलाई नियन्त्रण गर्ने क्षमतामा निर्भर  हुनेगर्दछ। आत्म-नियन्त्रणले व्यक्तिलाई दबाब, असहजता वा पीडाको समयमा पनि शान्त रहन मद्दत गर्दछ।
प्रतिरोधी क्षमता (Resilience): प्रतिरोधी क्षमता सहनशीलताको अर्को महत्त्वपूर्ण पक्ष हो जसले व्यक्तिलाई कठिन अवस्थाबाट पुनर्प्राप्ति गर्ने क्षमता प्रदान गर्छ। यो क्षमता बाल्यकालको अनुभव, सामाजिक समर्थन,सद्भाव र व्यक्तिगत विश्वासहरूबाट बढाउन भुमिका खेलेको हुनसक्छ।

भावनात्मक बुद्धिमताले (Emotional Intelligence) भावनाहरूलाई चिन्ने,सम्झने र व्यवस्थापन गर्ने क्षमता विकास गरेको हुन्छ । भावनात्मक बुद्धिमताले सहनशीलतामा ठूलो भुमिका खेलेको हुन्छ। भावनात्मक बुद्धिमता उच्च भएका व्यक्तिहरूले तनावपूर्ण स्थितिमा पनि राम्रोसँग आफुलाई सम्हाल्न सक्छन् ।

२. सामाजिक र सांस्कृतिक प्रभावको कारण,सामाजिक समर्थन प्राप्ति हुन्छ । परिवार,साथीहरू र समुदायबाट प्राप्त समर्थनले सहनशीलता बढाउन मद्दत गर्दछ। समर्थनको नेटवर्कले व्यक्तिलाई कठिन समयमा पनि हार नमान्न प्रेरित गर्छ। यसलाई सकारात्मक उर्जाको रुपमा पनि हेरिन्छ ।

सांस्कृतिक मूल्य र मान्यताहरूले सामाजिकिकरणसँग जोड्न सहयोग पुर्याउँछ । त्यस्ता सांस्कृतिक पक्षहरुले  सहनशीलतालाई विशेष महत्व दिन्छन्। जसले व्यक्तिलाई यस्तो गुण विकास गर्न प्रोत्साहित गर्छ। उदाहरणको रुपमा हामीले एशियाली संस्कृतिमा सामूहिकता र सहनशीलतालाई  लिन सक्छौं ।

३. व्यक्तिगत अनुभव र सीपहरूको कारण मानिसको जीवनका अनुभवहरू मध्ये विषेश प्रकृतिका र चुनौतीपूर्ण परिस्थितिहरूले व्यक्तिलाई सहनशीलता सिकाउन सक्छ। असफलताबाट सिक्ने र पुनः प्रयास गर्ने क्षमताको विकास गराउँछ तर आधुनिक समाजले बालबालिकालाई यो सिपबाट दुर गरागराउँदैछ । यो अनेकौं सीप विकास, समस्या समाधान, धैर्य, र समय व्यवस्थापन जस्ता सीपहरू सिकाउँने सिकाइको सहनशीलता बढाउन मद्दत गर्ने तत्वभित्र पर्दछ तर यो सिकाइ ह्रासको क्रममा छ।  यस्ता सीपहरूले व्यक्तिलाई दीर्घकालीन लक्ष्यहरूप्रति ध्यान केन्द्रित गर्न मद्दत गर्छ।

सहनशीलताको मनोविज्ञान बुझ्नाले मानिसलाई मानवीय प्रतिक्रिया,संघर्ष व्यवस्थापन र मनोसामाजिक स्वास्थ्यको बारेमा गहिरो ज्ञान र अन्तर्दृष्टि प्रदान गर्छ। यो ज्ञान व्यक्तिगत विकास, परामर्श र मानसिक स्वास्थ्य प्रवर्धनका लागि पनि अत्यन्त उपयोगी हुन्छ। सहनशीलताले  भावनात्मक बुद्धिमता (Emotional Intelligence) सहनशीलतामा महत्वपूर्ण भूमिका खेल्छ। यसले भावनाहरूलाई पहिचान गर्ने, सम्झने र प्रभावकारी तरिकाले प्रतिक्रिया दिने क्षमता समावेश गर्छ।

सहनशीलताले समस्या समाधानका लागि विभिन्न रणनीतिहरू प्रयोग गर्ने ज्ञान प्राप्त गर्दछन् ।यस्तो सिकाइले परिस्थितिको विश्लेषण, विकल्पहरूको मूल्यांकन, र कार्यान्वयनको प्रकृयाको सीप स्वतह विकास हुने हुनसक्ने वातावरण बन्न सहयोग गरिरहेको हुन्छ। यो सकारात्मक सोचको विकास र आशावादसँग जोडिएको हुन्छ।

यसले चुनौतीहरूलाई अवसरको रूपमा हेर्ने र समाधानको खोजी गर्ने क्षमता विकास गर्छ साथै सहनशीलताको अर्को महत्वपूर्ण पक्ष धैर्य हो,जसले व्यक्तिलाई दीर्घकालीन लक्ष्यहरूप्रति केन्द्रित रहन र तत्कालीन सन्तुष्टिको लागि आफ्नो बाटो नछोड्न सहयोग गर्छ। सहनशीलताले व्यक्तिलाई लचिलोहुन र  सबैको अनुकूलन भै दिन पनि सहयोग गर्दछ। जसले गर्दा प्रतिकुलतामा पनि  सहनशील व्यक्तिहरूले परिवर्तनहरूलाई स्वीकार गर्ने र अनुकूलन गर्ने क्षमता विकास गर्न सक्छन् । जुन परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने क्षमता हो।

    व्यक्तिको सामाजिक नेटवर्क र समर्थनले सहनशीलतालाई महत्वपूर्ण रूपमा प्रभावित गर्छ। साथी, परिवार र समुदायबाट प्राप्त समर्थनले कठिन समयमा मानिसले आफुलाई थेग्न सक्ने क्षमता प्राप्ति गर्दछ ।विभिन्न सांस्कृतिक मान्यताहरू र मूल्यहरूले सहनशीलताको अवधारणा र महत्वलाई फरक-फरक तरिकाले परिभाषित गरे पनि संस्कृतिमा सहनशीलता र धैर्यलाई उच्च महत्व दिएको कारण पनि सांस्कृतिक पक्ष सहनशीलताको श्रोत मानिन्छ ।

व्यक्तिको जैविक तनाव प्रतिक्रिया र हार्मोनल सन्तुलनले  पनि सहनशीलता निर्धारणमा भूमिका खेल्छ। केही व्यक्तिहरूले प्राकृतिक रूपमा तनावको प्रति कम संवेदनशील हुन सक्छन्।त्यसले उनीहरूलाई अधिक सहनशील बनाउँछ।

माथि चर्चा गरिएका आयामहरुले सहनशीलतालाई एक बहुआयामिक र जटिल मानसिक प्रक्रियाको रूपमा प्रस्तुत गरेको छ । यो सहनशीलताको मनोविज्ञान मात्रै होइन: सकारात्मक सिकाइ पनि हो । जहाँ भावना,संज्ञान,व्यवहार,सामाजिक परिवेश र जैविक कारक सबै एक अर्कासँग अन्तर्सम्बन्धित हुन्छन् त्यहाँ जटिलता पनि हुन्छ ।सहनशीलताको मनोविज्ञान एक जटिल र बहुआयामिक विषय हो । यो विषयले मानिसको मानसिक, भावनात्मक र सामाजिक पक्षको  कारकहरूलाई समेट्छ।

तपाईको बिचार